• "For The Secure Future of The Employees"

Pokhara Branch

स्थापना 

कर्मचारी सञ्‍चयकोषबाट आफ्ना सञ्‍चयकर्ताहरूलाई केन्द्रबाट उपलब्ध हुने सबै सेवा सुविधा स्थानीयस्तरमै उपलब्ध गराउने सद्‍भावपूर्ण उद्देश्यले शाखा कार्यालय विस्तारको क्रममा वि.सं. २०५३ सालमा पर्यटकीय नगरी पोखरामा यस कार्यालयको स्थापना भएको हो ।

 

कार्यक्षेत्र

गण्डकी र धौलागिरी अञ्चलमा रहेका १० जिल्लाहरु यस कार्यालयको कार्यक्षेत्र रहेका छन् ।

 

गण्डकी प्रदेशमा सञ्चय कोष

कोषकट्टी एवम् विशेष सापटीको फाटँवारी संकलन देखि विशेष सापटी, कोषकट्टी रकमको भुक्तानीका अलावा धितोमूलक सापटीहरु सञ्चयकर्ता घरसापटी, शैक्षिक सापटी, घरमर्मत सापटी समेत यस कार्यालयबाट प्रवाह भैरहेको छ । साथै कोषले सञ्चयकर्ताहरुलाई उपलब्ध गराएका सामाजिक सुरक्षामूलक सुविधाहरु - दुर्घटना क्षतिपुर्ति योजना, सञचयकर्ता औषधोपचार कार्यक्रम, काजक्रिया खर्च अनुदान तथा सुत्केरी तथा शिशु हेरचाह कार्यक्रम पनि यस शाखाबाट उपलब्ध गराइदै आएको छ ।

यस कार्यालयले वि.सं. २०५७ मा पार्दि विरौटस्थित ११२ वटा आवास घरहरु निर्माण गरी किस्तावन्दीमा सञ्चयकर्तालाई उपलब्ध गराएको थियो । नयाँवजार स्थित कोषको भवनमा हाल गण्डकी मेडिकल कलेज सञ्चालनमा रहेको र सो कलेजले सञ्चयकर्ता कर्मचारीहरुलाई कोषको परिचयपत्रको आधारमा उपचार एवम् औषधी खरिदमा सहुलियत समेत प्रदान गरिरहेको छ ।

 

सेवाहरु

  • मासिक फाँटवारी संकलन
  • कोषको परिचयपत्र र परिचयपत्र नम्बर प्रदान
  • कोषकट्टी रकम जम्मा गर्न स्वीकृति प्रदान
  • कोषकट्टी जम्मा रकमको स्टेटमेन्ट
  • खाता एकिकरण
  • इ-सर्भिस
  • विशेष सापटी
  • कोषकट्टी रकमको भुक्तानी
  • सञ्चयकर्ता घरसापटी
  • सञ्चयकर्ता शैक्षिक सापटी
  • सञ्चयकर्ता घरमर्मत सापटी
  • दुर्घटना क्षतिपूर्ति योजना
  • काजक्रिया खर्च अनुदान
  • सञ्चयकर्ता औषधोपचार सहयोग कार्यक्रम
  • सुत्केरी तथा शिशु स्याहार सुविधा

घर सापटी लागु भएका क्षेत्रहरु  - Click Here

सापटी लागु भएका क्षेत्रहरु - Click Here

क्र.सं

कर्मचारीको नाम,थर

दर्जा

इमेल

फोटो

श्री दिलीपराज पौडेल

का.प्र.

dilipraj.paudel@epfnepal.com.np

श्री राम प्रसाद अधिकारी
सूचना अधिकारी

का.मु. उप प्रबन्धक

ramprasad.adhikari@epfnepal.com.np
फोन: ९८५६०६६८२२

 

सम्पर्क

ठेगाना : पोखरा लेखनाथ महानगरपालिका बडा नं ९, नयाँबजार

फोन नं : ०६१-५२६८११¸ ०६१-५५०४५०

फ्याक्स : ०६१-५२५००२

इमेल : pokhara@epfnepal.com.np

Branches

News & Events