स्थापना
शाखा कार्यालयको रुपमा वि.सं. २०७१ साल भाद्र २९ गते कर्मचारी सञ्चय कोष शाखा कार्यालय कोहलपुरको स्थापना भएको हो ।
कार्यक्षेत्र
यस शाखाको कार्य क्षेत्र हाल प्रदेश नं ५ अन्तरगतका बाँके, वर्दिया, दांग, सल्यान, प्युठान, रोल्पा र रूकुम रहेका छन् ।
५ नं प्रदेशमा सञ्चय कोष
५ नं प्रदेशमा रहेको कोहलपुर नगर, कर्णाली प्रदेश (६ नं प्रदेश) र ७ नं प्रदेशको प्रवेश द्वार एवं ३ वटै प्रदेशको संगम केन्द्रको रूपमा विकाश भईरहेको नगरमा यस शाखा कार्यालयले अनलाइन सेवा मार्फत कोषको केन्द्रीय कार्यालयबाट उपलब्ध हुने सम्पूर्ण सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । कोषको आफ्नै भवन नभएकाले कोहलपुर नगरपालिका, वडा नं ११, न्युरोड, गोलपार्क नजिक भाडाको भवनमा आफ्नो कार्यालय राखी सोहि स्थानबाट सेवा प्रदान गरिरहेको छ ।
शाखा कार्यालय कोहलपुरले संचयकर्ताहरुको अवकाश पछिको संचयकोष भुक्तानी, सेवाकालिन वित्तीय आवश्यकता पुरा गर्नका लागि विशेष सापटी, तोकिएका क्षेत्रमा घर सापटी, घर मर्मत सापटी, शैक्षिक सापटी प्रवाह, कोषले लागु गरेका विभिन्न सामाजिक सुरक्षा सुविधाहरुको भुक्तानी, संचयकर्ता परिचय पत्रको व्यवस्थापन, फाँटवारी संकलन तथा लेखाँकन, संचयकर्ताको विस्तार, नयाँ कार्यालयहरू कोषमा आबद्धता सम्झौता, संचयकर्ता अभिमुखीकरण\अन्तर्क्रिया कार्यक्रम सञ्चालन, कोषका गतिविधिहरुको प्रचार प्रसार तथा संचयकर्ताहरुलाई परेका समस्याहरुको समाधान गर्ने कार्यहरु गर्दै आएको छ । शाखा कार्यालय कोहलपुरले गुनासो रहित संचयकर्ता सेवा भन्ने प्रतिवद्धता अनुरुप सरल, सहज एवं प्रभावकारी सेवा प्रवाह गर्दै आएको छ ।
घर सापटी लागु भएका क्षेत्रहरु - Click Here
शैक्षिक सापटी लागु भएका क्षेत्रहरु - Click Here
क्र.स. | पद | नाम | इमेल | |
१ | कार्यालय प्रमुख | श्री कमल अर्याल | kamal.aryal@epfnepal.com.np | ![]() |
सम्पर्क
फोन नम्बर : ०८१-५४१२८२, ०८१-५४१२८४ र ०८१-५४२००२
मोबाईल नम्बर : 9851228962
ठेगाना : कर्मचारी संचय कोष, शाखा कायार्लय, न्यूरोड, गोलपार्क, कोहलपुर, बाँके
इमेल : kohalpur@epfnepal.com.np