कोषको लेखापरिक्षण समिति
कर्मचारी सञ्चय कोष ऐन २०१९ -संशोधन सहित) को दफा २३क. ले आर्थिक अनुशासन र आन्तरिक नियन्त्रण प्रणाली कायम गर्न कोषमा एक लेखापरीक्षण समिति रहने र समितिको गठन, काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुने ब्यवस्था गरेको छ । कर्मचारी सञ्चय कोष -आर्थिक प्रशासन) नियमावली, २०६८ को नियम २१ मा लेखापरीक्षण समितिको गठन सहित लेखापरीक्षण समितिको काम कर्तब्य र अधिकार समेत तोकिएको छ । सोही व्यवस्थाहरुको आधारमा समितिको नियमित र प्रभावकारी सञ्चालनको निम्ति सञ्चालक समितिले लेखापरीक्षण समिति सञ्चालन विनियम, २०७४ तर्जुमा गरी लागु गरेको छ । ती व्यवस्था अनुरुप कोषमा हाल निम्न बमोजिम सदस्यता रहेको लेखापरीक्षण समिति रहेको छ
क. |
अध्यक्ष |
श्री रमेश कुमार के.सी. |
(सञ्चालक समितिले तोकिदिएको सञ्चालक) |
ख. |
सदस्य |
श्री प्रविणध्वज जोशी |
(सञ्चालक समितिले तोकिदिएको चार्टड एकाउण्टेण्ट) |
ग. |
सदस्य सचिव |
श्री ध्रुव भट्टराई |
(लेखापरीक्षण विभागका विभागीय प्रमुख) |