कामको प्रकृया बारे जानकारी
* कर्मचारी संचय कोष पुल्चोक, शाखा कार्यालयहरु विराटनगर , हेटौडा, भैरहवा, बुटवल,धनगढी र पोखराबाट शैक्षिक सापटी फारम उपलब्ध हुनेछ ।
* सो फारमलाई रीतपूर्वक भरी आफ्नो कार्यालयबाट प्रमाणित गराइ फारममा उल्लेख गराइएका आवश्यक कागजातहरु संलग्न गरी कोषमा पेश गर्ने ।
* सेवा शुल्क बापत रु १०००। लाग्नेछ ।
* धितो मुल्याङ्गन गरे वापत लाग्ने दस्तुर सम्बन्धित धितो मुल्याङ्कनकर्ताले रु ३०००। लिने छ ।साे पश्चात पुन मुल्याङ्कन गर्दा रु १०००। लाग्ने छ ।
* ऋण प्रदान गर्न कोषवाट निर्णय भएमा ऋण प्रदान गर्नु अघि घर/जग्गा कोषको नाममा दृष्टिबन्धक पास गर्ने तथा सो घर/जग्गा रोक्का राखिने छ । कोषका नाममा दृष्टिबन्धक पास तथा रोक्का भएको भोलिपल्ट सम्बन्धित संचयकर्ता कर्मचारीलाई पहिलो सापटी रकम प्रदान गरिने छ ।
* फारममा उल्लेख गरिएका आवश्यक कागजात संलग्न गरी नियमानुसार भएमा सामान्यतः निवेदन दर्ता भएको ७ दिन भित्र ऋण प्रदान गरिनेछ ।
कर्मचारी सचय कोष संचयकर्ता कर्जा शाखा
त्रिदेवी-मार्ग, ठमेल, काठमाण्डौं