कोष तथा कर्जा (विशेष, घर, शैक्षिक, घर मर्मत) सम्बन्धी विवरण जानकारी लिन e-Service बाहेकका उपलब्ध अन्य सेवाहरु
कोषले सञ्चयकर्ताहरुका लागि टेलिकमको GSM Mobile प्रयोग गरी SMS मार्फत कोषकट्टी बिवरण तथा आवश्यक सूचना लिन सक्ने गरी SMS Service सञ्चालनमा ल्याएको छ ।
त्यसै गरी कोषले सञ्चयकर्ताहरुलाई आफ्नो कोष तथा ऋण सम्बन्धी बिवरणको साथै कोषले प्रदान गरेको अन्य सेवा सुविधाको जानकारी लिन सहज वनाउने उद्धेश्यले Tele Kosh Service सेवा सञ्चालन गरेको छ । यस सेवा अन्तर्गत सञ्चयकर्ताले नेपाल टेलिकमको PSTN Telephone / GSM Mobile Phone बाट १६४२ डायल गरी प्राप्त हुने निर्देशनका आधारमा कोषसंग सम्वन्धित सूचनाहरु लिन सकिने छ ।
साथै, कोषले Audio Notice Board Service सञ्चालनमा ल्याएको छ । सञ्चयकर्ताले टेलिफोन १६१८०१४२२५३८६ मा शीधा सम्पर्क गरी कोषको महत्वपूर्ण सूचनाहरु लिन सक्ने व्यवस्था रहेको छ ।
Notice Board सेवा
• 1618014225386 नम्बरमा डायल गरिसकेपछि सञ्चयकोष सम्बन्धी पछिल्ला सूचनाहरु सुन्न सकिन्छ ।
Tele-Kosh सेवा (1642)
• यो सेवा Landline Telephone बाट प्रयोग गर्न सकिन्छ ।
• कोषकट्टी हुने सञ्चयकर्ताहरुले एउटा फारम भरेर कोषमा बुझाएपछि PIN Code राखेर आफ्नो कोष तथा कर्जा (विशेष, घर, शैक्षिक, घर मर्मत) को विवरण बुझ्न सकिन्छ ।
• फारम कोषको वेबसाईट www.epfnepal.com.np बाट Download गर्न सकिन्छ ।
• PIN Code प्राप्त गरेपछि, 1642 मा डायल गरी त्यहाँ दिएको निर्देशन अनुसार आफ्नो परिचय पत्र नम्बर र PIN Code थिचेपछि आफ्नो सञ्चय कोष विवरण सुन्न सकिन्छ ।
SMS सेवा (35750)
• हाललाई NTC का GSM मोबाइल प्रयोगकर्ताका लागि यो सेवा उपलब्ध छ ।
• कोषकट्टी हुने सञ्चयकर्ताहरुले एउटा फारम भरेर कोषमा बुझाएपछि PIN Code राखेर आफ्नो कोष तथा कर्जा (विशेष, घर, शैक्षिक, घर मर्मत) को विवरण बुझ्न सकिन्छ ।
• मोबाइलको message box मा PIN_code BAL टाइप गरी 35750 मा पठाएमा आफ्नो कोष तथा कर्जा (विशेष, घर, शैक्षिक, घर मर्मत) सम्बन्धी विवरणको SMS Response प्राप्त हुन्छ ।