कानून बमोजिम स्थापित संगठित संस्थाहरुले कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्नको लागि कोषसँग सम्झौतागर्न आवश्यक पर्ने कागजातहरुः
- संस्थामा कार्यरत कर्मचारीहरुको सञ्चयकोष रकमकट्टी गरी कर्मचारी सञ्चयकोषमाजम्मागर्ने सम्बन्धमा संस्थाको सञ्चालक समितिवा सोसम्बन्धीअधिकार प्राप्तअधिकारीले गरेको निर्णयको प्रतिलिपि ।
- कार्यरत कर्मचारीको मासिक तलबबाट न्यूनतम १० प्रतिशत कट्टी हुनुपर्ने र संस्थाको तर्फाबाट थपगर्ने प्रतिशत समेत उल्लेख हुनुपर्ने ।
- कुन मितिदेखि सञ्चयकोषमा रकमजम्मा गर्ने हो स्पष्ट खुलाउनु पर्ने ।
- संस्थाको विधान वा प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि ।
- संस्था (दर्ता) स्थापनाकोे प्रमाणपत्रको प्रतिलिपि र त्यस्तो संस्था सञ्चालनगर्न प्रचलित कानून बमोजिम अनुमति पत्र प्राप्त गर्नुपर्ने भए त्यस्तो अनुमतिपत्रको प्रतिलिपि वा नेपाल सरकारसँगको सम्झौता बमोजिम स्थापना भएको संस्था भए त्यस्तो सम्झौताको प्रतिलिपि ।
- स्थायीलेखा नं.- (PAN) को प्रमाणपत्रको प्रतिलिपि ।
- चालु आर्थिक बर्षोको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि वा कर नलाग्ने संस्था भएमा सो व्यहोरा प्रमाणित भएको प्रतिलिपि।
- कोषमा आवद्ध हुने सम्बन्धी अनुसूची १ (नमुना) बमोजिमको निवेदन ।
- अनुसूची २ (नमुना) बमोजिमको ढाँचामा कर्मचारीहरुको विवरण ।
नमुना फारम हेर्न Click गर्नुहोस